महायज्ञको तयारी अन्तिम चरणमा


जिवी श्रेष्ठ 
सिन्धुली,चैत्र २ 

सिन्धुलीको वरुणदेवी मावि खट्टारमा कृषि क्याम्पस सन्चालनका लािग यहि चैत्र ५ गतेदेखि सुरु हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । सिन्धुलीमाडिमा आज पत्रकार सम्मेलन गरि आयोजकले यस्तो जानकारि दिएको हो । कृषि क्याम्पस सन्चालनार्थ लगाइने उक्त ज्ञानमहायज्ञवाट ३ करोडदेखि ५ करोड सम्म रकम संकलन गर्ने आयोजकको अपेक्षा रहेको छ । कृषि प्राणलीमा आधुनिकता, दक्ष प्राविधिकको उपलव्धता भन्ने मुल नाराका साथ सन्चालन गर्न लागिएको महायज्ञ यहि चैत्र १२ गतेसम्म सन्चालन हुनेछ । 
महायज्ञमा वाचन प्रविण दिनवन्धु पोख्रेलले कथा वाचन गर्नुुहुने छ । यहि चैत्र ५ गते नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष सुरज वैद्य र निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष जयराम लामिछानेले महायज्ञको संयुक्त रुपमा उद्घाटन गर्ने आयोजकले वताएको छ । सिन्धुलीमै बसेर कृषि सम्वन्धि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले वाहिर गएर पढ्नुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्दै कृषिजन्य सामग्रीहरु जिल्लामै उपलव्ध गराउने र दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले कृषि क्याम्पसको स्थापना गर्न महायज्ञको आयोजना गरिएको मुल समारोह समितिले जनाएको छ ।

महायज्ञ पश्चात क्याम्पसको आवश्यक पूर्वाधार तयार गर्न एक वर्ष लाग्ने भएकाले त्यसपश्चात मात्रै क्याम्पस निर्माण कार्य सुरु हुने पनि पत्रकार सम्मेलनमा जानकारि दिइएको छ । त्यस्तै सो महायज्ञ जनकपुर अन्चलकै ठूलो महायज्ञ भएकाले अपेक्षा अनुसार आर्थिक रकम संकलन हुने आयोजकको भनाई छ ।

Related

स्थानिय 4089892760034008687

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item