सहाना अब ‘कलिउड’ हिरोइन
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_4399.html
काठमाडौं,चैत २
भिजे तथा मोडल सहाना बज्राचार्य अब र्याम्प र काँचको पर्दामा मात्र सीमित हुने छैनन् । यी गर्जियस लेडीलाई अब सिल्भर स्क्रिनमा रोमान्स गरिरहेको देख्न पाइनेछ । त्यो पनि हिरोइन पात्रको भूमिकामा । अपकमिङ प्रोजेक्ट ‘कलिउड’बाट मिस नेपाल फस्ट रनरअपले लिड एक्ट्रेसको रुपमा सिनेमा डेब्यु गर्दैछिन् । नेपाली सिनेमालाई बोलाइने नाम ‘कलिउड’मा भिजे तथा अभिनेता नवराज आचार्य फस्ट टाइम डिरेक्टर हुनेछन् ।
‘नेपाली अभिनेत्रीहरूको संघर्ष र उतारचढावबारे सिनेमा केन्द्रित हुनेछ’ आचार्यले मेरोसिनेमालाई भने, ‘तर, कुनै व्यक्तिविशेषको कथा र बायोपिक चाहिँ होइन ।’ बलिउडको ‘डर्टि पिक्चर’, दिवंगत अभिनेत्री श्रीशा कार्की र अभिनेत्री मनिषा कोइरालाको जीवनीबाट सिनेमा प्रभावित नहुने उनले दावी गरे । सहानाको अपोजिट को–एक्टरको चाहिँ खोजी भैरहेको छ । आचार्य र प्रदीप बाँस्तोला मिलेर कथा लेखेका हुन् । ४५ लाखको बजेटमा बन्ने सिनेमाका निर्माता गैरआवसिय नेपाली कुमार खड्का हुन् ।
नेपाली सिनेमाका कतिपय प्रोड्युसर र डिरेक्टरले नेपाली हिरोइनमाथि सिनेमा बनाउने घोषणा गरिरहँदा आचार्यले यस्तो घोषणा गरेका हुन् । उनले टेलिफिल्म ‘घरभेटी बा’ निर्देशन गर्दै आइरहेका छन् । मोडल टन्र्ज एक्ट्रेस सहाना पछिल्लो समय म्युजिक भिडियो, टेलिभिजन सो होस्टिङ र छोटा चलचित्र निर्माणमा व्यस्त छिन् । सहाना हिरोइन बन्ने गाइगुइँ अघिदेखि चलेको हो तर, ‘कलिउड’ले उनलाई हिरोइनको रुपमा पाएको छ । -मेरोसिनेमा,



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !