रौतहटमा आलु उत्पादनमा तीस प्रतिशतले घट्यो
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5765.html
रौतहट, चैत १
जिल्ला कृषी कार्यालय रौतहटले यस वर्ष जिल्लामा आलु उत्पादनमा तीस प्रतिशतले घटेको जनाएको छ । बिभिन्न रोग लागेका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा कमि आएको हो । आर्थिक वर्ष २०६७÷६८ मा १२ हजार ८८० मेट्रीकटन आलु उत्पादन भएकोमा आर्थिक वर्ष २०६८/६९ मा ७ हजार ७५२ मेट्रीकटन मात्र उत्पादन भएको जिल्ला कृषि कार्यालय गौरका बालि विकास अधिकृत रामसेवक ठाकुले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा २६ सय ५७ हेक्टरमा आलु खेती गरिएको थियो भने यस आर्थिक वर्षमा २६ सय ७५ हेक्टरमा आलु खेती गरिएको थियो । शितलहरका कारण आलुमा डढुवा रोग लागेका कारण आलुखेती सखाप भएको कृषी कार्यालयले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !