नेपालले पपुवान्युगिनीको सामना गर्दै


काठमाण्डौ,चैत २

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा आज नेपालले पपुवान्युगिनीको सामना गर्दैछ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपालले हिजो डेनर्माकलाई र अस्ति हङकङलाई हराएको थियो । पपुवान्युगिनी र नेपालको खेल नेपाली समय अनुसार दिउँसो ४ बजेपछि दुवईमा हुनेछ । 

इङ्गल्यान्डका पूर्वविकेटकिपर जोराइनट जोन्स समावेश भएको पपुवान्युगिनी हिजो क्यानडासँग ६ विकेटले पराजित भएको थियो ।  यसैबीच राजधानी काठमाडोंमा जारी एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज पनि २ खेल हुँदैछन् । आजको पहिलो खेल फिलिपिन्स र तुर्कमिनिस्तानबीच दिउँसो २ बजेपछि हुने छ भने दोस्रो खेल दक्षिण कोरिया र प्यालेस्टाइनबीच  ६ बजेपछि हुनेछ ।

Related

प्रमूखखबरहरु 2957198434571716901

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item