विद्युत सम्मेलन सुरु, जलविद्यतुको विकासबाट मानै नयाँ नेपाल सम्भव रहेको प्रधानमन्त्रीको भनाई


काठमाण्डौ,चैत १
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधान निर्माणपछि सरकारको सबै शक्ति आर्थिक विकासमा लगाउने बताउनु भएको छ । केही समयमा नै शान्ति र संविधान निर्माण पुरा हुने आश्वासन दिनुहुँदै प्रधानमन्त्री भट्टराईले त्यसपछिको ध्यान नेपालमो आर्थिक विकासका लगाउने बताउनुभयो । काठमाण्डुमा सुरु भएको जलविद्युत सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले आर्थिक विकासका लागि जलविद्युत नै मेरुदण्ड भएकाले सरकार त्यसमा गम्भीर रहेको बताउनुभयो । प्रजातन्त्र प्लस हाड्रोपावर बराबर नयाँ नेपाल हुने भएकाले त्यो नारालाई सबेले ख्याल गर्नुपर्नेमा प्रधानमन्त्तीको जोड थियो । नेपालले विद्युत विकासका लागि वृहत कार्ययोजना बनाउन खोजीरहेको र यसअघि बनिसकेको ठूलो आयोजना पुरा गर्नेतर्फको सरकारको ध्यान केन्द्रित रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । 
 नेपाल उद्योग वार्णिज्य महासंघ, भारतीय उद्यायोग परिसंघ सिआइआई, स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (इप्पान), भारतीय एक्जिम बैंक र आर्थिक पत्रकार समाज सेजनले संयुक्त रुपमा सम्मेलनको आयोजना गरिएको हो ।  सन् २०१२ र २०१३ लाई लगानी वर्ष घोषणा गरिएको सन्दर्भमा जलीवदुत्मा हुने लगानी पहिल्याउन सम्मेलन सहयोगी बन्ने आयोजकले जनाएका छन् । चार वर्षपछि हुन लागेको सम्मेलनमा जलविद्युत क्षेत्रको नीतिगत व्यवस्था, यसका माध्यमबाट सामाजिक आर्थिक वृद्धि, देशभित्र र अन्तरदेशीय प्रसारणलाइन, जलविपद्युतको पहिचान र लगानीका विषयमा छलफल हुनेछ । यसैबीच नविकरण उर्जा प्रदर्शनी आजदेखी ललितपुरको नाष्टको  कार्यालय सुरु हुँदैछ । दुईदिन सम्म चल्ने सम्मेलनमा वैकल्पीक उर्जाका सबै सामानहरु प्रदर्शनीमा राखिने उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्द पोखरलले  जानकारी दिनुभयो । 

Related

राष्ट्रिय 7432569867755540554

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item