काभ्रेमा द्धन्द्धपीडित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण सुरु
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_9249.html
प्रकाश सुन्दास,
काभ्रेपलाञ्चोक,चैत २
काभ्रेपलाञ्चोक जिल्लामा यो वर्ष १ सय ४१ जना द्धन्द्ध पीडित परिवारका विद्यार्थीले छात्रवृत्ति पाउने भएका छ । जिल्ला शिक्षा कार्यालय काभ्रेका अनुसार शैक्षिक सत्र २०६८÷०६९ का लागि मन्त्रालयमा सिफारिस गरी स्वीकृत भएका १३ जना विस्थापित र १ सय २८ जना द्वन्द्वमा परि अभिभावक गुमाएका परिवारका छोराछोरीलाई छात्रवृत्ति वितरण सुरु गरिएको छ । गत वर्ष मन्त्रालयले आवश्यक रकम नपठाइ दिदाँ १ सय जना विद्यार्थीलाई जनहि दुई–दुई हजारका दरले वितरण गरेको कार्यालयले यो वर्ष भने प्रावि तहलाई १०, निमावि तहलाई ११ हजार छात्रवृत्ति दिइएको शाखा अधिकतृ शान्तिराम पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै मावि तहका लागि १२ हजार र उच्च माध्यामिक तहमा अध्ययन गर्ने छात्राछात्रका लागि १४ हजार वितरण गरिएको छ । नेपाल सरकारले प्रावि तहमा १० हजार, निमावि तहका लागि १२ हजार, मावि तहलाई १४ हजार र उच्च माध्यामिक तहका लागि १६ हजार प्रतिव्यक्ति छात्रवृत्ति रकम उपलब्ध गराउँँने निर्णय गरेपनि १ लाख ११ हजार रकम अपुग भएकाले सरकारी नियम अनुसार वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक काभ्रेको तथ्याङक अनुसार जिल्लामा ६ सयका हाराहारीमा द्वन्द्वपीडित बालबालिका रहेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !