पोखरामा अन्तराष्ट्रिय सांगीतिक महोत्सव


घनश्याम पाण्डेय, 
पोखरा,चैत २ 

पोखरमा आज  अन्तराष्ट्रिय सांगीतिक महोत्सवको हुने भएको छ । राष्ट्रिय लोक तथा देहोरी गीत प्रतिष्ठान अञ्चल कार्य समिति गण्डकी र जिल्ला कार्यसमिति कास्कीको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहान ११ पछि हुने  छैँटौ अन्तराष्ट्रिय सांगीतिक महोत्सबमा अन्य १२ देशका कलाकारको साथमा नेपाली चर्चित कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा  ३ सय ५० भन्दा बढी कलाकारहरुले सांगीतिक प्रस्तुती प्रस्तुत गर्नेे आयोजकको भनाई छ । सांगीतिक महोत्सवमा नेपाली समूहले नौमती बाजा, भजन, चुट्का, रत्यौली लगायत लोक संस्कृती प्रस्तुत गर्ने बताइएको छ । 

Related

मनोरञ्जन 5360727089473882

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item