विदेश नजान एमालेको निर्देशन


काठमाडौं,चैत  २ 
दोस्रो ठूलो बिपक्षी दल नेकपा (एमाले) ले शान्ति र संविधानको प्रक्रिया र काम नटुगिंएसम्म विदेश भ्रमणमा नजान आफ्ना नेता तथा सभासदलाई निर्देशन दिएको छ । 

एमाले संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पार्टीका शीर्ष नेता र सभासदलाई विदेश नजान निर्देशन दिने निर्णय गरेको सभासद रामनाथ ढकालले जानकारी दिनुभयो । शान्ति र संविधानको कामलाई छाडेर एमालेका प्रमुख नेता र सभासद बिदेश भ्रमणमा जान नहुने भन्ने प्रस्ताव सभासद यमलाल कडेंलले राखेपछि सर्वसम्मतिले पारित भएको थियो ।
 एमालेका केही सभासद र प्रमुख नेताहरु बिदेश भ्रमणमा जान लागेको भन्दै आलोचना बढेपछि एमालेले आफ्ना सभासद र नेताहरुलाई बिदेश जान रोक्ने निर्णय गरेको हो । शुक्रबार स्विट्जरल्याण्ड जाने तयारीमा रहेका महासचिव ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली र उषाकला राईको भ्रमण प्रभावित हुने भएको छ । पोखरेल र रावल सेना समायोजन विशेष समितिको सदस्यपनि हुन् ।

Related

राष्ट्रिय 285317088318986081

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item