न्यू एल्बमको तयारीमा दि एक्स ब्याण्ड

काठमाण्डौ,जेठ ६ । नेपाली चर्चित सागिंतिक ब्याण्ड दि एक्सले नयाँ एल्वम ल्याउने तयारीमा जुटेको छ । शव्द र सगिंतको हिसावले अन्य एल्वम भन्दा फरक पन रहेको एल्वमको नाम भने तय भईनसककेको ब्याण्डले जनाएको छ । ब्याण्डमा “थ्रि एस” अर्थात सिन्धुलीका गायक शिव मुखिया काठमाण्डौका ड्रमर  सुरेन्द्र श्रेष्ठ र गिटारिष्ट सजल राजभण्डारी रहनु भएको छ ।  सन् ९० को दशकमा जन्मिएको ब्याण्डको सन् १९९३ मा रिलिज गरिएको “धुँवा” पहिलो एल्वम हो । 

दि एक्सले “फर्केर हेर्दा”,“माझी दाई”,“अ डिकेट” “भेरी वेष्ट अफ दि एक्स” र “कम्मसक” एल्वम बजारमा ल्याईसकेको छ ।  पल्लो डाँडामा वसेकी कान्छि, प्रायः सधै , देखेँ है तिमलाई हिजो है राती,लुक्न देउ,एउटा चिठिको सहाराला जस्ता गीत अत्यन्त चर्चामा र लोकप्रिय रहन सफल गीतहरु हुन् । कन्र्सटमा अत्यन्तै व्यस्त हुने नेपाली व्याण्ड दि एक्सले नेपालमा सात सय भन्दा वढी कन्सट गरिसकेको छ भने नेपालवाहेक भारत, हङकङ,फ्रान्स,डेनमार्क,अष्ट्रेलिया,जर्मनी,स्विजरल्याण्ड, लगायत देशहरुमा सागिंतिक प्रस्तुती जनाईसकेको छ ।
 एउटा ब्याण्ड सफल हुन गीत लेखनदेखी गाउने,बजाउने,संगित भर्ने,रेकडिङ र मिक्सिङ सवै काम आफैले गर्नु सक्नुपर्ने गायक शिव मुखिँया वताउनुहुन्छ । सिन्धुलीमा कन्सर्ट गर्ने योजना छ कि छैन भन्ने प्रश्नमा अहिल्य कुनै योजनामा त नरहेको तर सिन्धुलीका सघंसस्थाहरुले कार्यक्रम गर्ने ईच्छा देखाएको खण्डमा दि एक्स व्याण्ड तयार रहेको गायक मुखियाको भनाई छ ।

प्रस्तुती :एसवी.गौतम,काठमाण्डौ ।  

Related

मनोरञ्जन 3139533288466122971

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item