फेसबुकबाट चरित्र हत्या
http://sindhulidarpan.blogspot.com/2012/05/facebook.html
काभ्रे, वैशाख २१।
असारमा विवाह गर्न टीकाटालो गरेकी एक युवतीको परिवार फेसबुकका कारण समस्यामा परेको छ । उनको नाममा खोलिएको फेसबुकमा चरित्रमा आँच पुग्ने सामग्री राखिएपछि उनी र टीकाटालो गर्ने केटाको परिवार तनाबमा परेपछि प्रहरीमा निवेदन हालिएको छ । तर, प्रहरीले अहिलेसम्म फेसबुक प्रयोगकर्ता पत्ता लगाउन सकेको छैन ।

कक्षा १० मा परीक्षा फारामका लागि प्रयोग गरेको तस्बिर प्रयोग गरेर उनको नाममा खोलिएको फेसबुकमा चरित्र हत्या हुने सामग्री राखिएका छन् । शिक्षकसँग प्रेम भएको, शारीरिक सम्पर्कपछि बसेको गर्भपतन गराइएको र योनिमा २१ टाँका लगाइएको कपोलकल्पित सामग्री राखिएका कारण दुवै परिवार तनाबमा परेका हुन् ।
केटाको परिवारले केटीको चरित्रका बारेमा अध्ययन गर्दा फेसबुकमा भनेजस्तो नपाइएपछि सहमतिमा आएका छन् र दुवै परिवारले अपराधी पत्ता लगाउन अपिल गरेका छन् । महिला सेल प्रमुख असइ कल्पना सापकोटा साइबर अपराधका बारेमा अनुसन्धान भइरहेको बताउँछिन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !