यथास्थितिमा समिति वार्तामा नजाने

काठमाडाँैं,  जेठ ८ । आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले यथास्थितिमा सरकारसँग वार्ता नगर्ने जनाएको छ ।  सरकारी वार्ता टोलीका संयोजक तथा शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले आइतबार वार्ताका लागि आह्वान गर्नुभए पनि अहिले नै वार्ताको वातावरण बनिनसकेको भन्दै यथास्थितिमा वार्तामा जान नसकिने समितिले आज बताएको छ । 

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले आफूहरूको तीनदिने बन्द आह्वानको पहिलो दिन आइतबार सरकारले  व्यापक दमन गरेको, पं्रदर्शनकारीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेको र सैयौंलाई नियन्त्रणमा लिएकाले वार्ताको स्थिति नबनेको राससलाई बताउनुभयो ।  उहाँले भन्नुभयो–सरकार आफूहरूसँग वार्ता गर्न चाहन्छ भने उसले घाइतेको निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ, नियन्त्रणमा रहेकालाई तत्काल बिनासर्त रिहाइ गर्नुपर्छ, प्रमुख दलका शीर्षनेता सहित प्रधानमन्त्रीको. उपस्थितिमा मात्र अबको वार्ता हुन्छ । 

आइतबारै बेलुका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित उच्चस्तरीय सरकारी वार्ताटोलीले वार्ताका लागि  पुनः आह्वान गरे पनि  समिति वार्तामा आउन तयार नभएकाले आज बिहान बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित चार राजनीतिक शक्तिको बैठकले ठोस निर्णय लिने वार्ता टोलीका सदस्य सिंचाइमन्त्री महेन्द्रप्रसाद यादवले बताउनुभयो ।  विभिन्न जातीय संस्था आबद्ध रहेको सङ्घर्ष समितिले चार राजनीतिक शक्तिद्वारा प्रस्तावित ११ प्रदेशविरुद्ध र स्वायत्त सङ्घीय प्रदेश लगायतको माग गर्दै आइतबारदेखि तीनदिने नेपाल बन्दको आह्वान गरेको छ ।

Related

राष्ट्रिय 7794489157044820471

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item