नदीमा नुहाउने क्रममा एक युवा बेपत्ता

http://sindhulidarpan.blogspot.com/2012/05/s_193.html
पाल्पा,वैशाख २५ ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर आज एक युवा बेपत्ता भएका छन् । पाल्पा जिल्ला सिलुवा गाबिस वडा नम्बर ५ रेलडाँडा घर भएका २२ वर्षका सिमन्त गेलाङ्ग मलामी गएर खालिबन खण्डको खैरेनीघाटमा नुुहाउने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक चुरा बहादुर कार्कीले जानकारी दिनुभयो । छिमेकीको मलामी गएका गेलाङ्ग दिउँसो करिब पौने एक बजेतिर दाहसंस्कारपछि नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !