दलितका विषयमा छलफल
http://sindhulidarpan.blogspot.com/2012/05/s_20.html
चीना थापा,सिन्धुली,जेठ ७ । दलित अधिकार तथा जातिय भेदभाव र वर्तमान कानुनि विषयक दुई दिने छलफल कार्यक्रम भद्रकाली गाविस बडा नम्बर ८ निबुवारटारमा सम्पन्न भएको छ । भद्रकाली गाविस गाउँ कमिटी दलित समूह र एक्सनएड नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास कार्यक्रम सिन्धुली र एक्सनएड नेपालको साझेदारीमा सन्चालित सामाजिक रुपान्तरणको लागि जिविकोपार्जन अन्र्तगत गठित भद्रकाली गाविसका १,२,३,४,५,६,८ र ९ गरी जम्मा ८ वडाका दलितहरुलाई एकै ठाउँमा भेलागरी दलित अधिकार तथा जातिय भेदभाव र वर्तमान कानुनको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहभागि बक्ताहरुले अन्तर जातिय विवाह र छुवाछुतमा भेदभाव गर्ने प्रचलनको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । भ्रकाली गाउँ कमिटी समूहका अध्यक्ष मानबहादुर नेपालिको अध्यक्षता तथा जिल्ला विकास दलित उत्थान समन्वय समिताका उपाध्यक्ष बाबुराम नेपालिको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा गाविसका ८ वडाका २५ जना महिला र ३० जना पुरुष गरी ५५ जनाको सहभागिता रहेको थियो । सामुदायिक विकास कार्यक्रम सिन्धुलीका कार्यक्रम संयोजक संजय सिंह, भद्रकाली गाविसका समुदाय परिचालक कपिल भित्तकोटी, दलित गाउँ कमिटीका उपाध्यक्ष नातिबाबु नेपालि , सामुदायिक विकास सिन्धुलीका भद्रकाली गाविसका समुदाय परिचालक तिर्थ गौतम, उमेश विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !