धामीझाँक्रीको प्रचलन अझै कायमै

दैलेख,जेठ ७ । दैलेखका ग्रामिण भेगमा अझै धामी तथा झाँक्री मान्ने प्रचलन कायमै रहेको पाईएको छ । सामान्य विरामी हुदासमेत धामी, झाँक्रीले झारफुक गरे निको हुन्छ भन्ने पुरानो मान्यता कायमै रहेकाले यो चलनले निरन्तरता पाएको हो । यस्तो चलनका कारण ग्रामिण भेगमा कतिको ज्यान गएको भएपनि यस्ता कुरा बाहिर नआउने र आएपनि धेरै ढिला आउने गरेको पिलाडीकी सिता वलीले बताउनुभयो ।

 झारफुक गर्ने निहुमा अधिकांस महिलालाई चरम यातना दिने गरेको स्थानियको भनाइ छ । कतिपय शिक्षित नागरिकले पनि यसको सर्मथन गर्ने गरेको कालभैरबकी कौशिला भण्डारीको भनाई छ । अरुलाई भ्रम फिजाउनु कानुन विपरित भएपनि अहिलेसम्म त्यस्ता व्यक्ति कानुनी दायरामा आउन नसकेको अधिकारकर्मीहरु बताउछन ।

Related

विविध 3491563315473440336

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item