मिडियाको गाडीमा प्रहार

भद्रपुर,  जेठ ८ । अन्नपूर्ण पोष्ट दैनिकको गाडीमा आज बिहान ५ः३० बजे अज्ञात व्यक्तिको एक समूहको ढुङ्गा प्रहारबाट  क्षति पुग्नाका साथै गाडी चालक घाइते भएका छन् । विराटनगरबाट पत्रिका बोकी झापाको बिर्तामोडतर्फ आइरहेको को१च ७००७ नं. को गाडीमाथि तोपगाछीस्थित कमलपुलमा ढुङ्गा प्रहार भएको हो । लुकेर बसेका चारजनाले ढुङ्गा प्रहार गर्दा गाडीको अग्रभागको सिसा फोरिई चालक जितबहादुर श्रेष्ठको टाउकामा चोट लागेको छ । उनको सुरुङ्गामा उपचार भइरहेको छ ।  त्यसपछि सोही समयमा पत्रिका बोकेको कान्तिपुर दैनिकको गाडीमाथि पनि ढुङ्गा प्रहार भएको बताइएको छ । 

ढुङ्गाबाट गाडीको लुकिङ सिसामा क्षति भए पनि चालक सुरक्षित साथ गाडी भगाउन सफल भएका छन् ।  इलाका प्रहरी कार्यालय दमकले गाडीमाथि ढुङ्गा प्रहार भएको तर क्षतिबारे जानकारी प्राप्त नभएको बताएको छ ।  यसैबीच, अज्ञात व्यक्तिले आइतबार साँझ ८ बजे झापाको केर्खामा ने१ख ७४८ नं.को ट्रकमा आगजनी गरेको छ । सो ट्रक पूर्णरूपले नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

Related

राष्ट्रिय 4243600983537979356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item