बालबालिकाले गाउँमा जुवातास, मदिरा विक्री वितरण रोके

 रौतहट,जेठ ६ । रौतहटको जुडिवेला गाविसस्थित असनवामा रहेको बाल साहारा बाल क्लवका सदस्यहरुले जुडिवेला गाविसको विभिन्न वडामा जुवातास, मद्यमान, धुम्रपान  लगायतलाई नियन्त्रण गर्न सफल भएका छन् । बाल क्लवका सदस्यहरुले प्रत्येक घरघरमा गएर मदिरा बेचबिखन तथा सेवन गर्न, जुवातास खेल्न, चुरोड, विडीको प्रयोगमा रोक लगाएको क्लवमा अध्यक्ष सन्तोष अधिकारीले बताउनुभयो । 


आजभोली बालबालिकाहरुको यस किसिमको गाउ सुधारका काम देखेर स्थानीय अभिभावकहरु खुसी भएका छन् । विगतमा दैनिकजसो मदिरा सेवन गरेर गाउघरमा झैझडा गर्ने, होहल्ला गर्ने कार्य विस्तार नियन्त्रणमा आएको स्थानीय गोपालआचार्यले बताउनुभयो । 

Related

विविध 4476984764365395688

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item