मन्त्रिपरिषद् आज तेस्रोपटक विस्तार गरिदै

काठमाण्डौ,जेठ ७ । 
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आज नेकपा माले, माले समाजवादी र चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न लाग्नु भएको हो ।

नेकपा मालेका पोलिटव्युरो सदस्य कुमार बेल्बासे, माले समाजवादीका यधुवंश झा र चुरे भावरका बद्री न्यौपानेलाई मन्त्री पदको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ । सपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा विहान ९ बजे पछि हुनेछ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहनु भएका भट्टराई नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस,  नेकपा एमाले र मधेसी मोर्चा यसअघिनै सहभागी भइसकेका छन् ।

Related

राष्ट्रिय 8898195098500263692

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item