दम्पतिको हत्या

गुल्मी,वैशाख २५ ।
वृद्ध दम्पतिको गुल्मीको हस्थिचौर गाविसमा एक दम्पत्तिको हत्या भएको छ । हस्तिचौर गाविस वडा नम्वर ६ राम्चेका ७७ वर्षीय भविलाल विक र उहाँकी ७४ वर्षीया श्रीमती सेती विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अज्ञात समुहले गएराती घरमै दम्पत्तीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले दुवैको टाउको र कन्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा पाइएकोे बताउनुभयो । भबिलालले धामी झा“क्रीको काम पनि गर्ने भएकाले आज विहान झारफुकका लागि गएकाहरुले बोलाउ“दा कोही नबोलेपछि खोजी गर्दा हत्या भएको अवस्थामा फेला पारेको स्थानीय राममल्ल ठकुरीले जानकारी दिनुभयो । उनीहरुको घर एकान्तमा रहेको छ ।

Related

विविध 3778929828978217931

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item