झगडामा श्रीमतीको मृत्यु

  सिन्धुली,जेठ ९ ।  सिन्धुलीको कल्पवृक्ष गाबिस –१ मा श्रीमान् श्रीमती बीच झगडाहुँदा श्रीमतीको ज्यान गएको छ ।   कल्पवृक्ष गाविस खयरसालका लालकान्छा बल र उनकी श्रीमती गंगादेवी बलको आईतवार बेलुकी भएको  झगडापछि राती गंगादेवीले आत्महत्या गरेको हुन सक्ने प्रहरी प्रारम्भिक अनुमान रहेको छ ।


     उता लालकान्छाको सो घटनाका सम्बन्धमा रहेको भनाई सुन्दा मारेकै हुनसक्ने एक स्थानिय व्यक्तिले बताउनुभयो । मृतक बलकी ५ छोरी र २ छोरा छन् । प्रारम्भीक अनुसन्धानमा मृतक गंगादेवी र उनका श्रीमान् बिच भmगडा भएपनि तनावमा परेर आफै आत्महत्या गरेको जस्तो देखिएको प्रहरी निरीक्षक दिलीपराज झाले बताउनु भयो । उहाँले भन्नुभयो–‘अनुसन्धान गरी, सत्य तथ्य छिट्टै वाहिर ल्याईने छ ।’ मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याईएको छ ।

Related

विविध 2768884882203709320

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item