शिल्पाले छोरा पाइन्

मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेट्टी आमा बनेकी छन् । शिल्पाले सोमबार बिहान मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
शिल्पाका पति राज कुन्द्राले ट्विटरमार्फत यसको जानकारी गराउँदै सन्तानप्राप्तिको खुसी सेयर गरेका छन् । ट्विटरमा लेखिएको छ, ‘भगवानले हामीलाई सुन्दर पुत्र दिएका छन् ।’ उनले जनाएअनुसार शिल्पा र शिशु दुवैको स्वास्थ्यस्थिति राम्रो छ । शिल्पालाई धन्यवाद दिँदै राजले लेखेका छन्, ‘तिमीले मलाई सबैभन्दा राम्रो उपहार दिएकी छ्यौ ।’ साथै, उनले अस्पतालका कर्मचारी तथा चिकित्सकलाई पनि धन्यवाद व्यक्त गरेका छन् । शिल्पालाई आइतबार अस्पताल भर्ना गरिएको हो । (एजेन्सी)

Related

मनोरञ्जन 86662451306155455

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item