डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/05/s_4363.html
जनकपुर,जेठ ९ ।
डा.सुरेन्द्र कर्णको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा महोत्तरीको लोहारपट्टी घर भई हाल जनकपुर ९ मा बस्दै आएका पंकज साहकी श्रीमति आरतीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । प्रसुतीको लागि जनकपुर आएकी आरती साहको गत आईतवार डा.सुरेन्द्र कर्णले शल्यक्रिया गर्नु भएको थियो । जनकपुर अञ्चल अस्पतालमा विकास समितिबाट दैनिक कामगर्दै आउनु भएका डा. कर्णले स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.कल्पणा बछारको अनुपस्थितीमा साहको शल्यक्रिया गरेको पाइएको छ ।
शल्य क्रियाको क्रममा डा.कर्णले साहको पिसाबनली काटेको आफन्तहरुले बताएका छन् । अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डा. रामशंकर ठाकुरले क्षतिपूर्ती र डा.कर्णलाई निष्काशन गर्ने प्रबिद्धता जनाएपछि मात्र तनाव कम भएको थियो । डा.कर्णको अस्थायी मेडिकल काउन्सिल दर्ता रहेपनि उनि सँग शल्यक्रिया गर्ने अधिकार नरहेको बुझिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !