रूखलेजस्तै श्वास फेर्न विवश कथाकार शर्माको नयाँ कृति

काठमाडौँ, जेठ ७ । सामाजिक परिवेश र यथार्थ घटनालाई पात्र बनाएर सिर्जना गर्ने कथाकार घनश्याम शर्मा विगत एक वर्षदेखि आफैँ कथाका पात्रजस्तै हुनुभएको छ ।  एक वर्षअघि मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भई अचेत अवस्थामा हुनुभएका शर्माको हालसम्म होस् खुल्न सकेकोे छैन । आफन्त र शुभेच्छुकले धेरै प्रयत्न र शुभकामना दिए पनि एक वर्षसम्म ‘कोमा’ मै रहनुले उहाँप्रतिको चिन्ता वा चिकित्सकको पहल व्यर्थ सावित भएको छ । 

शर्माकै निवास मैतीदेवीमा साझा प्रकाशनद्वारा हालै प्रकाशित उहाँको कथासङ्ग्रह ‘छिरिङ–डोल्मा र अनाम सहिदहरू’ विमोचन गरेर मनोवैज्ञानिकरुमा स्वास्थ्यलाभको कामना गरियो तर श्रीमती सरला शर्मा भन्दै हुनुहुन्थ्यो, ‘अब उहाँ फर्कनुहोला जस्तो लाग्दैन ।’ श्वास फेरेपनि अरु कुनै चेतना नभएपछि सरलालाई आफ्ना श्रीमान् श्वास फेरेर बाँच्ने रूखजस्तै अनुभव हुन थालेको छ । 

आफ्नो कुनै एक पुस्तक साझा प्रकाशनबाट छापियोस् भत्रे कामना राख्ने शर्मालाई पुस्तकको लोकार्पणमा अचेत देख्नुपर्ला भनेर शुभेच्छुकले सोचेका थिएनन् । तर पनि आयोजकहरूले शर्माको हातमा पुस्तक थमाई उहाँकै हातबाट विमोचन गराएर अचेत व्यक्तिको आत्मालाई शान्ति दिने प्रयास गरेका थिए । 

पेसाले सडक विभागका इन्जिनियर शर्मा गत २०६८ वैशाख २६ गते काठमाडौँबाट डिभिजन सडक कार्यालय, भक्तपुर जान लाग्दा तीनकुने सडकको रातो बत्तीमा रोकिएका बेला विपरीत दिशाबाट आएको जिपले ठक्कर दिँदा सख्त घाइते हुनुभएको थियो । उहाँलाई बाँसबारीस्थित न्युरो अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाले ७२ दिनसम्म रेखदेख गरे पनि कुनै सुधार नआएपछि २०६८ साउन ४ गते घर फर्काइएयो । र, घरमै आइसीयुको सरह हेरचाह गरिएको छ । उहाँ बोल्न त के टाउको हल्लाउन पनि सक्नुहुत्र । आँखा हेरिरहे पनि अनुहारबाट कुनै शारीरिक प्रतिक्रिया दिन सक्नुहुत्र ।  शर्माका साहित्यिक मित्र तथा कथाकृति लोकार्पणको चाँजो मिलाउने ‘बसिबियाँलो कार्यक्रम’ का संयोजक अनिल पौडेलका शब्दमा ‘शर्माका शरीरका महत्वपूर्ण कुनै अङ्गले पनि काम गर्दैनन् । जस्तो– आँखा छन्, देख्नुहुत्र । खुट्टा छन्, हिँड्नु हुत्र । हात छन्, समाउनु हुत्र । कान छन्, सुत्रु हुत्र । मुख छ, बोल्नु हुत्र ।’ 

‘उठ घनश्याम, तिम्रो पुस्तक साझाले छापेर ल्यायो ।’ साझा प्रकाशन सञ्चालक समितिका सदस्यसमेत रहेका पौडेलले भावुक हुँदै भत्रुभयो ।
शर्माको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्दै समालोचक वासुदेव अधिकारीले उहाँमा उत्कृष्ट कथाशील्प र स्पष्ट वैचारिक सोच रहेको बताउनुभयो । 

प्राज्ञ ललीजन रावलले अछामजस्तो विकट ठाउँमा जन्मेर इन्जिनियर बन्दै साहित्यमा स्थापित हुन सक्ने शर्माको प्रतिभालाई नियतिले अब लेख्न नसक्ने बनाएकामा दुःख व्यक्त गर्नुभयो । 

‘प्राविधिकले नेपालीमा चिठी पनि लेख्न सक्दैनन् भत्रे आरोपका लागि घनश्याम गतिला जवाफ थिए,’ सडक विभागका इन्जिनियर प्रकाश उपाध्यायको कथन थियो । 

अर्का समीक्षक भागवत आचार्यले पनि शर्माको कथाकारिता अनुकरणीय भएको जनाउनुभयो । पुस्तकका कभर निर्माता रेडियोकर्मी रमेश पौडेलले सधैँ हँसिलो रहिरहने स्रष्टा शर्माको हालको अवस्थाबाट साथीहरूलाई रुवाएको छ भत्रुभयो । 

शर्माका यसअघि ‘धुलोमा उडेका सपना’ (२०६०), ‘अभिशप्त समय’ (२०६४) प्रकाशित छन् ।

Related

विचाररसाहित्य 8173162807845546030

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item