युवा फेसबुक सञ्जालद्वारा ¥याली
http://sindhulidarpan.blogspot.com/2012/05/s_5036.html
काठमाडौँ, जेठ ६ । युवा फेसबुक सञ्जालले भौगोलिक र सामथ्र्यताका आधारमा वैज्ञानिक ढङ्गबाट सङ्घीयता कायम गरिनुपर्ने माग गर्दै आज ¥याली निकालेको छ । काठमाडौँको बसन्तपुरबाट निकालिएको सो ¥याली नयाँ सडक, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदै पुन बसन्तपुरमा पुगेर समापन भएको थियो ।
¥यालीमा सहभागीहरुले विविधता नै एकता, जातीय सङ्घीयता चाहिँदैन, हिमाल, पहाड, तराई कोही छैन पराई सन्देश लेखिएको प्ले कार्ड बोकेका थिए । सञ्जालका संयोजक सुदीप रायमाझीले विभिन्न जाति, समुदायको साझा थलोको रूपमा रहेको नेपाललाई बाह्य शक्ति राष्ट्रले जातीय विभाजनका आधारमा विखण्डन गर्ने षड्यन्त्र गरिरहेको अहिलेको अवस्थामा सम्पूर्ण नेपालीलाई सुसूचित गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको बताउनुभयो । सो सञ्जालले फेसबुकबाट पनि विभिन्न स्थानमा रहेका नेपालीलाई राष्ट्र विखण्डनका विरुद्ध एकताबद्ध गर्ने अभियान सुरु गरेको बताएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !