ज्यान मार्ने धम्की दिनेको खोजी भइरहेको छ:प्रधानमन्त्री

http://sindhulidarpan.blogspot.com/2012/05/s_5187.html
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी भइरहेको भन्दै केसीको पूर्ण सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
.jpg)
नेता ज्ञवालीले समितिका ज्येष्ठ सदस्य तथा जनमोर्चाका अध्यक्ष केसीलाई ज्यान मार्ने धम्की आएको लामो समयसम्म पनि सरकारले कुनै कारवाही अगाडि नबढाएको भन्दै सरकारको आलोचना गर्नु भएको थियो ।
प्रधानमन्त्री भट्टराईले सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइसकेको र धम्की दिने व्यक्तिको पहिचान गर्न तथा फोन आएको नम्बरको पहिचान गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !