ससुरा,बुहारीद्धारा आत्महत्या

काठमाडौं, जेठ  ७ । यौनसम्बन्धको हल्ला टोलभर फैलिएपछि काकाससुरा र बुहारीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गागलफेदी–१ का ४० वर्षीय केशमान लामा र ३० वर्षीया सनी भनिने क्याम्पा राई लामा छन् ।

उनीहरूले शिवपुरी राष्ट्रिय निकुञ्जको द्वारपासे जंगलमा विष सेवन गरी आत्महत्या गरेका हुन् । गत ७ वैशाखबाट बेपत्ता भएका उनीहरूलाई प्रहरीले जंगलमा शुक्रबार मृत फेला पारेको थियो । उनीहरूको शवसँगै विषको बोतल भेटिएपछि विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले एक वर्षदेखि यौनसम्बन्ध राख्दै आएका थिए । नातामा केशमान सनीको काकासुसरा पर्छन् । उनीहरूबीचको यौनसम्बन्धको चर्चा टोलभर फैलिएपछि दुवैजना एकाएक सम्पर्कविहीन भएका थिए ।
प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका केशमानकी श्रीमती उत्तै पोइल गएपछि उनी एक्लै बस्दै आएका थिए । सनीका श्रीमान् भने रोजगारका लागि मलेसियामा छन् । -सौर्य समाचार

Related

राष्ट्रिय 3213594410616293378

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item