बलात्कार अभियोगमा ३ जना पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/05/s_5612.html
राजविराज, वैशाख २५ ।
बलात्कारको अभियोगमा प्रहरीले सप्तरीबाट तीन जनालाई पक्राउ गरेको छ। पीडित महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक कुशबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले तीन युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा रम्पुरा मल्हनिया–९ का २३ वर्षीय कपिल यादव, राजविराज–४ का २० वर्षीय विजय भन्ने दिवाकर दास र राजविराज–७ बस्ने २० वर्षीय मो. अनबारुल छन्। पीडित महिलाको सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीन जनासहित पाँच जनाले राजविराज–९ स्थित भलुवाही डिलमा गत वैशाख २२ गते ती महिलालाई सामूहिक बलात्कार गरेको भन्दै पीडितले गत शुक्रबार जाहेरी दर्ता गराएकी थिइन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका तीन जनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
पक्राउ परेका तीनैलाई अनुसन्धानका लागि आज सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको र अन्य फरार दुईको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !