गोली हान्ने सिन्धुलीका हायु पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/05/s_5693.html
पोष्टराज पहाडी सिन्धुली, जेठ ६ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २०६९ जेष्ठ महिनामा घटेका विभिन्न घटनाहरु शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको घटना अनुसार डाँडीगुरासे ४ बस्ने गजेन्द्र हायुको घरमा प्रहरीले तलासी गरी चालु अवस्थामा रहेको १ नाल भरुवा बन्दुक सहित २१ वर्षिय हायु समेतलाई पक्राउ गरि अहिले अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा लेवर काम गर्ने हायू घर फर्कदा पैसा नलिई गएको भन्दै बाबु मनविर हायूले चार दिन सम्म खाना खान नदिएको रिसमा जेठ ३ गते गजेन्द्र हायु र बाबु मनविर हायू विच झगडा उत्पन्न भएको थियो ।
त्यस्तै प्रहरीले सार्वजनिक गरेको अर्कौ घटना अनुसार जेठ २ गते राति करिव १० बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका बडा नं –६ धुराबजारमा बुद्ध तामाङ, मानध्वज तामाङ र मुन्न भनिने यज्ञ बहादुर खड्कालाई रातको समयमा सार्वजनिक स्थलमा चुरोट, गाँजा सेवन गरि हो–हल्ला गरेको तथा गस्तिमा खटिएको प्रहरीलाई अपशब्द प्रयोग गरि जताभावि व्यवहार गरेको भन्दै उनिहरुलाई पक्राउ गरि सार्वजनिक अपराध अन्तर्गत मुद्दा लगाई अनुसन्धान भइरहेको छ । पक्राउ परेका बुद्ध तमाङ रामेछाप जिल्लाको दिमपोखरी गाविस वडा नं ८, मानध्वज तामाङ रामेछाप जिल्लाकै फर्पु गाविसका बासिन्दा हुन भने मुन्ना भनिने यज्ञ बहादुर खड्का चाँहि सिन्धुलीको कमलामाई नगरपालिका ४ का स्थानिय बासिन्दा हुन ।
सोहि झगडाको क्रममा तर्साउनको निम्ति घरमा गोलि लोड गरि राखिएको बन्दुक गजेन्द्रले बुबा मनविर हायूलाई हान्न खोज्दा गजेन्द्रकी बहिनी सम्झनाले दाजुको हातबाट बन्दुक खोस्दा पड्केर बहिनी सम्झनाको तिघ्रामा लागि घाइते बनेपछि प्रहरीले सोहि आधारमा घर तलासी गर्दा सो बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यस्तै प्रहरीले सार्वजनिक गरेको अर्कौ घटना अनुसार जेठ २ गते राति करिव १० बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका बडा नं –६ धुराबजारमा बुद्ध तामाङ, मानध्वज तामाङ र मुन्न भनिने यज्ञ बहादुर खड्कालाई रातको समयमा सार्वजनिक स्थलमा चुरोट, गाँजा सेवन गरि हो–हल्ला गरेको तथा गस्तिमा खटिएको प्रहरीलाई अपशब्द प्रयोग गरि जताभावि व्यवहार गरेको भन्दै उनिहरुलाई पक्राउ गरि सार्वजनिक अपराध अन्तर्गत मुद्दा लगाई अनुसन्धान भइरहेको छ । पक्राउ परेका बुद्ध तमाङ रामेछाप जिल्लाको दिमपोखरी गाविस वडा नं ८, मानध्वज तामाङ रामेछाप जिल्लाकै फर्पु गाविसका बासिन्दा हुन भने मुन्ना भनिने यज्ञ बहादुर खड्का चाँहि सिन्धुलीको कमलामाई नगरपालिका ४ का स्थानिय बासिन्दा हुन ।
यसैगरि प्रहरीले बाटोको विषयलाई लिएर कुटपिट गरेको भन्दै सिन्धुलीको कुशेश्वर दुम्जा बस्ने भरत हायूलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइरहेको छ । प्रहरीले सार्वजनिक गरेको सुचना बमोजिम जेठ ४ गते कुशेश्वरदुम्जा ६ स्थित पन्चकन्या निमावि नजिक आँपघारी देखि हायुटार सम्म जाने बाटोको विषयलाई लिएर वाद विवाद हुदाँ कुशेश्वर दुम्जामा ५ का सानु कान्छा तामाङलाई सोहि गाविस वडा नं ६ बस्ने सुरेश हायू, सुजन हायू, अनिल हायू, विक्रम हायू र भरत हायूले वेहोस हुनेगरि कुटपिट गरेका थिए । अहिले सानुकान्छा तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !