अर्थमन्त्रीद्वारा फुटबल खेल उद्घाटन

काठमाडौँ, जेठ ६  । अर्थमन्त्री वर्षमान पुनले एएफसी यु–१४ फेस्टिबल अफ फुटबल– २०१२ को आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा उद्घाटन गर्नुभयो । सो अवसरमा अर्थमन्त्री पुनले खेलकुदले देशको शान विश्वसामु चिनाउनुका साथै अनुशासन र सामूहिक भावनाको पाठ पनि सिकाउने भएकाले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।  उहाँले एएफसी फुटबल प्रतियोगिता आफ्नो क्षमता प्रस्तुत गर्ने मौका भएकाले सबै कला कौसल प्रयोग गरेर खेलाडीले आफ्नो राष्ट्रका लागि खेल खेल्नुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा एन्फाका अध्यक्ष गणेश थापाले सबै राष्ट्रका खेलाडीहरुलाई खेलकुदको नियम, कानुन तथा अनुशासनलाई आत्मसात् गर्दै खेल खेल्न आग्रह गर्नुभयो । एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घको आयोजनामा सुरु भएको यो प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ । 
उक्त प्रतियोगितामा नेपाललगायत बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतको सहभागिता रहेको छ । 

Related

प्रमूखखबरहरु 3180508286870478532

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item