लदाभिरमा भत्ता वितरण

हिरालाल दनुवार,दुधौली, जेठ ६ । सिन्धुली लदाभिरका अपाङ्ग तथा असक्तहरुलाई भत्ता वितरण गरिएको छ । महादेवी स्वलम्वन समूहको आयोजना र गाउँ विकास समितिको सहयोगमा भत्ता वितरण गरिएको हो । गाविसमा रहेका असक्त र अपाङ्गहरुको पहिचान गरी भत्ता वितरण गरिएको महादेवी स्वबलम्वन समूहका शम्भु दाहालले बताउनुभयो । 
राजनैतिक दल , बुद्धिजीवि लगायतको उपश्थितीमा ४५ जना असक्त र अपाङ्गलाई सहयोग स्वरुप भत्ता वितरण गरिएको छ । जसमध्ये  ८ जना असक्तलाई एक हजार र  १४ जना ८ सयको दरले अपाङ्गलाई भत्ता वितरण गरिएको गाविस सचिव मातृका पहाडी बताउनुभयो । 

Related

प्रमूखखबरहरु 3144572021738986291

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item