पानी माग्दै भ्यागुताको बिहे
http://sindhulidarpan.blogspot.com/2012/05/s_6392.html
चीना थापा, सिन्धुली,जेठ ६ । लगातार दुई तीन साता यता सिन्धुलीमा पानी नपरेपछि किसानहरु निक्कै चिन्तित बनेका छन् । मकै, धान जस्ता अन्नबाली र बोटविरुवाहरु सुक्नुका साथै खोलाहरु पनि सुकेका छन् । लगातारको खडेरीले पानी नपरेपछि सिन्धुली लाम्पान्टार गाविसका पुङपुङगे महिला समूहको आयोजनामा आज भगवानसँग पानी माग्दै भ्यागुताको बिहे गरिदिएका छन् ।
भालु खोलाको पोथी भ्यागुतो र बाङरीङ खोलाको भाले भ्यागुतो बीच व्राहमण बोलाएर पाठ पुजा गरेर बिबाह गरिदिएको स्थानिय झगर सिङ आलेले बताउनुभयो । हरहर महादेव पानी देउ देउ भनेर ध्याम्पा सोहीसोही खेलेर भोजभत्तेर समेत गरेको आलेले जानकारी दिनुभयो खोलानाला कुवा लगाएत पानीका स्रोतहरु सुकेपछि त्यस ठाउँका बासिन्दाहरुलाई खानेपानीको समेत निक्कै समस्या परेको छ । यसैबीच भिमस्थान ३ भारागाउँका किसानहरुले पनि आज विहान पानी परोस् भन्दै भगवानको पुजा गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !