बहुला कुकुरको आक्रमण बढ्दो
http://sindhulidarpan.blogspot.com/2012/05/s_6946.html
भोजपुर,जेठ ७ । भोजपुरको सिद्धेश्वर गाविसका विभिन्न क्षेत्रमा लगातार बहुला कुकुरको आक्रमण बढ्न थालेको छ । बहुलाएको भुस्याहा कुकुरले आजै मात्र ७ जनालाई आक्रमण गरेको छ । कुकुरको टोकाईबाट घाइतेमध्ये ४ जनालाई भोजपुर जिल्ला अस्पताल पठाइएको छ भने अन्य घाइतेको स्थानिय मेडिकलहरुमा उपचार गरिएको छ ।
करिब १ महिना अगाडी पनि गाविसमा बहुला कुकुरले टोकेर स्थानीय एकेन्द्र विष्टको गाई मरेको थियो । एक महिना पनि वित्न नपाउदै फेरी पनि बहुला कुकुरको आतंक फैलिएपछि स्थानीयवासिन्दा त्रसित भएका छन् । जिल्ला विकास समिति तथा गाविसले भुस्याहा कुकुर मार्ने अभियान सुरु गरेपनि विचैमा रोकिएपछि भुस्याहा कुकुरको संख्या बढेको र बहुला कुकुरको संख्या पनि बढेको सहारा मेडिकल हलका सञ्चालक सन्तोषबाबु पन्तले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !