व्याकुल माईला र शिशिर योगी सिन्धुलीमा सम्मानित

http://sindhulidarpan.blogspot.com/2012/05/s_7266.html
दिपक श्रेष्ठ,
दुम्जा (सिन्धुली), वैशाख २४ ।
दुम्जा (सिन्धुली), वैशाख २४ ।
राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) र गायक शिशिर योगी अभिनन्दित हुनुभएको छ । सिन्धुली जिल्ला कुशेश्वर दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयको २४ औं वार्षिकोत्सवको अवसरमा उहाँहरुलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.विद्यानाथ कोइरालाले स्रष्टाहरुको अभिनन्दन गर्दै राष्ट्र निर्माणमा आ–आफ्नो क्षेत्रमा सक्रिय योगदान पु¥याउनेहरुलाई अभिनन्दन गर्नु आफैँमा असल काम भएको बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालयले गरिरहेको पहल प्रसंसायोग्य रहेको भन्दै राष्ट्रगानका सर्जक र वरिष्ठ गायकलाई अभिनन्दन गरिरहँदा विद्यालय आफैँ सम्मानित भइरहेको धारणा व्यक्त गर्नुभयो । त्यस्तै, सिन्धुलीका जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक, विद्यालयको वातावरणलगायत धेरै कुराको संयोजन आवश्यक रहने बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकासमा आपूm इमान्दारसाथ लागेको बताउँदै गलत कुराको समर्थनमा उभिन नसकिने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा व्याकुल माइलाले बालबालिकामाथि गरिएको लगानीबाट राष्ट्रले धेरै पछि असल प्रतिफल प्राप्त गर्ने बताउनुभयो ।
उहाँले सार्वजनिक विद्यालयका कार्यक्रमहरुमा भ्याएसम्म आफू पुग्ने गरेको भन्दै सर्जकहरुको गाउँमा सम्मान पाउँदा निकै शुखी लागेको बताउनुभयो । कार्यक्रममा गायक शिशिर योगीले म एउटा मानिस खोजीरहेको छु..., सारङ्गी जति रेटे पनि बज्छ मीठो धून...लगायत गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, नाटक प्रस्तुत गरेका थिए । गायक शिशिर योगी सिन्धुलीको एक ग्रामिण विद्यालयमा गएर म एउटा मानिस खोजीरहेको छु..., सारङ्गी जति रेटे पनि बज्छ मीठो धून.गीत गाएको सुन्दा खुसी लागेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !