१० वा १४ प्रदशेबाट पछि नहट्ने माओवादी र मोर्चाको निष्कर्ष

http://sindhulidarpan.blogspot.com/2012/05/s_7354.html
काठमाण्डौ,जेठ ९ । एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आफ्नो अडानलाई कायम राखेर सहमतिको अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेका छन् । आज कांग्रेस र एमालेलाई सहमत गराउन नसके निर्वाचन प्रक्रियामा जाने सहमति उनीहरुले गरेका छन् । बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा राज्यपुनर्संचना आयोग र संविधानसभाको विषयगत समितिले दिएको दुई मध्ये एक प्रस्तावमा सहमत हुनुपर्ने त्यसो नभए निर्वाचन प्रक्रियामा जाने सहमति भएको फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
बैठकपछि सीआईएनसँग कुराकानी गर्दै यादवले कांग्रेस एमालेले संघियता विनाको संविधान ल्याउन खोजेकाले माओवादी र मधेसी मोर्चा चुनावी प्रक्रियामा गएर पनि टुङ्ग्याउने पक्षमा रहेको बताउनुभयो । आजै दिउँसो १ बजे बस्ने सयुक्त बैठकमा माओवादी र मोर्चाको साझा धारणा राख्ने पनि उहाँले बताउनुभयो । कांग्रेस र एमालेले भने जातिय आधारमा प्रदेश बनाउन नहुने र अहिले नै संघियतामा गए ८ प्रदशे मान्नुपर्ने अडान राखेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !