बन्दले जनजीवन कष्टकर

काठमाण्डौ,जेठ ८ ।  बन्द आह्वानको दोस्रो दिन आज पनि काठमाडौँ उपत्यका सहित देशभरको जनीवन प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि उपत्यकाभित्र यातायातका साधन चलेका छैनन् भने  सम्पूर्ण शैक्षिक संस्था, उद्योग कलकारखाना, बजार, पसल बन्द भएका छन् । बन्दकर्ताले एम्बुलेन्स, प्रेस, खानेपानी, तरकारी र  फोहर बोक्ने गाडी तथा कूटनीतिक निकाय र पर्यटकका गाडीलाई भने अवरोध पु¥याएका छैनन् । बन्दको सबैभन्दा बढी मारमा कक्षा ११ का परीक्षार्थी परेका छन् । उनीहरू बिहान टाढादेखि हिँडेर परीक्षा दिन बाध्य भएका छन् ।

बन्दकर्ताले उपत्यकाका विभिन्न सडक, चोकमा भेला भएर सडक अवरुद्ध गरिरहेका छन् । कलङ्की, बालाजु, कोटेश्वर, सातदोबाटोलगायत क्षेत्रमा विरोध ¥याली निकालिएको छ ।  यसैबीच, बन्दकर्ताले बिहान ललितपुरको पाटनस्थित सुन्धारामा एक मोटरसाइकल जलाएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ । प्रदर्शनकारी र प्रहरीबीच बालाजु चोकमा केहीबेर झडप भएको प्रहरीले जनाएको छ । त्यस्तै, विभिन्न क्षेत्रका कर्मचारी पनि बन्दको मारमा मर्कामा परेका छन् । उनीहरू कार्यालयका लागि बिहानदेखि  हिँडेर जान बाध्य भएका छन् ।

Related

राष्ट्रिय 8226084795919288429

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item