गाडी तोडफोड गर्ने आठजना पक्राउ


काठमाण्डौ,वैशाख २५ ।

अनेरास्ववियुले आह्वान गरेको चक्काजामका क्रममा सरकारी गाडी तोडफोड गरिएको भन्दै भक्तपुरको गट्ठाघरबाट प्रहरीले आठजना अखिल कार्यकर्तालाई पक्राउ गरेको छ ।पशुपति क्याम्पस चाबहिलमा केही दिनअघि भएको घटनामा पक्राउ परेका आफ्ना कार्यकर्ता छाड्न माग गर्दै अखिलले आज उपत्यकाका क्याम्पसहरु अगाडि प्रदर्शन पनि गरेको थियो ।  

 पक्राउ गरिएका अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष खड्कासहित विकास झा, वासुदेव नेपाल, लालबहादुर रोकाया, सुरेश वन, हेमबहादुर भण्डारी, जयन्त भट्ट, विक्रम महतोलाई महानगरीय प्रहरी वृत्त थिमिमा राखिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले सानोथिमि क्याम्पसका विद्यार्थीले स्वघोषित कार्यक्रम सकिएपछि सरकारी गाडीमा ढुङ्गा हान्न थालेपछि अवस्थालाई सामान्य बनाउन प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

Related

राष्ट्रिय 5130629194568338012

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item