जातीय सङ्गठनहरुको बन्दका कारण देशभरको जनजीवन प्रभावित
http://sindhulidarpan.blogspot.com/2012/05/s_7993.html
काठमाण्डौ,जेठ ७ ।
पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौं लगायत देशभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दको समयमा सवारीका साधन चलाएकोभन्दै कान्तिपुर दैनिकको पत्रिका बोकेको गाडीलाई बन्दकर्ताहरुले काठमाडौंको जोरपाटीमा तोडफोड गरेका छन् ।
बन्दकर्ताहरुले ग्वार्को चौकमा २ मोटरसाईकलमा आगजनी गरेका छन् । उनीहरुले बा ३० प ३८९९ पल्सर र बा ३२ प, १९६७ नम्बरको साइन मोटरसाईकल जलाएको प्रहरीले जनाएको छ । बन्द आह्वान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनालाई प्रहरीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आह्वान गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !