प्ले अफमा पुग्ने चेन्नेई कि वैग्लौर
http://sindhulidarpan.blogspot.com/2012/05/s_8112.html
काठमाण्डौ,जेठ ७ । इन्डियन प्रिमियर लिगको प्ले अफमा पुग्ने अन्तिम टोलीको टुङ्गो आज लाग्दै छ । यस अघि तीन टिम भने प्ले अफमा प्रवेश गरिसकेका छन् । प्रतियोगीता अन्र्तगत आज अपरान्ह सवा ४ वजे हुने पहिलो खेलमा डेकन चाजर्सलाई पराजीत गर्दै रोयल च्यालेन्जर्स वैग्लौर अन्तिम चारमा प्रवेश गर्ने छ ।
यदि वैग्लौरले डेकनसँग हारेको खण्डमा चेन्नेई सुपर किग्स रन रेटका आधारमा प्ले अफमा प्रवेश गर्ने छ । चेन्नेई र वैग्लौरको १७÷१७ अंक रहेकोछ । चेन्नेईले लिग चरणका सवै खेल खेलिसकेको छ । यस्तै आजै राती सवा आठ वजे राजस्थान रोयल्स र मुम्वई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ । हिजो दिल्लीसंग किग्स इलेभेन पञ्जाव पराजीत भएपछि मुम्वई प्ले अफमा प्रवेश गरेको हो । पञ्जाव भने समुह चरणबाट वाहिरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !