दुवईवाट आएका खनाल काठमाडौँमै हराए

प्युठान, जेठ ६ । खाडी मुलुक दुबईबाट घर फर्किएका प्युठान खैरा–१ का धनप्रसाद खनाल काठमाडौँमै हराएपछि उनका परिवार चिन्तित भएका छन् । ‘वैदेशिक रोजगारका लागि दुबई जानुभएका श्रीमानले यही जेठ ३ गते राति आफू काठमाडौँ आएको भनी ४ गते बिहान घरमा सम्पर्क गर्नुभएको थियो । तर काठमाडौँ आएको तीनदिन बितिसक्दा पनि  उहाँ सम्पर्क बाहिर रहनुभएको’ उहाँकी श्रीमती नारायणी खनालले बताउनुभयो । 

‘कुराकानीका क्रममा आफू काठमाडौँको एक गेष्ट हाउसमा बसिरहेको र अहिले १० मिनेटपछि फेरि फोन गर्छु भन्नुभएको उहाँ अहिलेसम्म सम्पर्कमा हुनुहुन्न’– नारायणीले भन्नुभयो । होटलको नाम खुल्न नसकेको र पहिलो दिन सम्पर्क गरेको टेलिफोन नम्बरमा फोन गर्दा उनीहरुसहित चारजना होटल छोडेर गएको भन्ने होटल मालिकले जानकारी दिएको प्रहरीले जनाएको छ ।  खनालका परिवारले उहाँको खोजतलासका लागि काठमाडौँ प्रहरीमा फोटोसहित हुलिया दिएका छन् भने उहाँको खोजबिनका लागि जिल्लाका पत्रकार र मानवअधिकारकर्मीहरुसँग पनि अनुरोध गरेका छन् । उहाँ दुवईबाट डेढ वर्षपछि घर फर्कनुभएको थियो । खनालका एक छोरा र एक छोरी छन् । 

Related

विविध 7409556181116547048

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item