पोखरीमा पानी सुकेपछि जानकीनगरमा तीन लाखको माछा मर्यो
http://sindhulidarpan.blogspot.com/2012/05/s_8389.html
रुपबहादुर विश्वकर्मा हरिवन,जेठ ६ । बढ्दै गएको खडेरीका कारण पोखरीको पानी सुकेपछि सर्लाहीको जानकीनगर गाविस वडा नं. २ मा झण्डै तीन लाख मूल्य बराबरको माछा नष्ट भएका छन् । स्थानीय नारायण पोखरेलका अनुसार वागमती सिंचाई आयोजना बाट सञ्चालित नहरमा पानी आउन छाडेपछि माछा पालन गरिएको एक विगाह क्षेत्रफलको पोखरीमा पानीको अभाव भएको छ । पोखरीमा पानी सुकेपछि तीन लाख मूल्य बराबरको माछाहरु मरिसकेका उहाँले बताउनु भयो । त्यस्तै पानी नपरेका कारण गाउँमा रहेका हाते कलहरु पनि सुक्दै गएकाले पिउने पानीको समेत हाहाकार भएको स्थानीयले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !