रघुवरको सुझवुझ र हाम्रा नेता

http://sindhulidarpan.blogspot.com/2012/05/s_8613.html
रघुवरे अर्थात रघुवर खड्का । विहान सिन्धुली मस्त निद्रामा रहँदै उनि वजार हल्लाउने गरी कराउँदै निष्कन्छन् । साँझ नपरुन्जेल उनि वजारको कहिँन कहीँ कराई रहेका भेटिन्छन् । कहिले माक्सवादको व्याख्या गर्छन् त कहिले प्रजातान्त्रिक समाजवादको । हरेक घट्नाको अपडेट जानकारी उनको कम्प्युटरमा सेभ भए झँै सेभ गरेर राखेका हुन्छन् । अनि वजारमा कोही भेट्ना साथा मन परेको छ भने नम्रता पुर्वक र मन नपरेको छ भने सात पुस्तालाई पुग्ने गरी गालि गर्दै आफना कुरा राख्छन् ।
लाग्छ रघुवर अर्थात गाली घृणा र सम्मानका पर्याय हुन् । दिपक मिश्र भेटिन्छन् । ओहो ठुला ठेकदार भन्दै स्वर मच्चाउँछन् । उनको आसाको केन्द्र भनेको केही रुपैयाँ पैसा हो झरेन सराप्छन् । पत्रकार भेटे यी फटाहा पत्रकार यीनलाई सेन्सर आवस्यक छ भन्दै हकार्छन् । सायद भरसक उनको हकाराईको केन्द्र पैसा हो झरी हाल्छ । झर्नासाथ नं. वान टेनरुपिज भन्दै अको तर्फ लाग्छन् । एकछिन हराउँछन् एक गिलास ठर्रो सुटुक्क पिउँछन् अझ तातिएर उनको डिमाण्ड एक विसमा पुग्छ । कहिले काँही त उनि यस्तो अवस्थामा हुन्छन् । खुट्टा ठाउँमा टेक्नै नसक्ने अवस्थमा पुग्छन् । यास्तो अवस्थमा पनि आफ्नो तर्क सुझवुझ पुर्ण हुन्छ । केही त्यस्ता गोपनियताका कुरा हुन्छन् खुसुक्क सुनाउँछन् ।
![]() |
कृष्णहरी घिमिरे, सिन्धुली । |
विहान झिसमिसे उज्यालो हुँदै सुरु हुने रघवरको जीवनको यात्रा साँझ परे पछी भने एकाएक हराउँछ । न उस्ले पत्रिका कहिल्यै पडेको देखेको छु न कहिल्यै रेडियो वा टेलिभिजन सुनेको वा हेरेको देखेको छु । तर हरेक घट्नाको जानकारी अपडेट छ । भलै वोलेको कसैले सुन्दैन र सुने पनि मजाकमा उडाउँ छ । जे कुरा पनि उनि अध्यायनका आधारममा गर्छन् ।
एक दिन वाटामा हिँडदै गर्दा ए वाहुन पत्रकार विस रुपैया देउ त भन्दै रघुवरे (रघुवर) कराए छैन भन्न के भ्याएको थिए फाईभ डव्लु वान एच थाहा छ । यती पनि थाहा नहुने पत्रकार भन्दै हिँड्छन् लाज लाग्दैन । त्यही पनि चौथौ अंग रे भन्दै आफ्नो वाटो लागे धेरै पछी पत्रकारिताको यो प्रारम्भीक सुत्र कसरी रघवरेलाई थाहा भयो अच्चममा परे ।
केही दिन अघि उनको खुट्टामा किरा प¥यो । जाँड खान छाडे । एक साधुले झै पैसा झिकेर दिन खोज्दा लिएनन् । उनि त्यसवखत निरास देखिन्थे । त्यही भएर होला संधै पैसा माग्ने उनि त्यसवखत भने लिन नमान्ने भए । सायद उनलाई जीवनको अन्तीम दिन आयो भन्ने लाग्यो वा उनको स्वभिमानले पो हो की ? लामो उपचार गरे निको भएन । धेरै दिन पछी भेट हुँदा पशुलाई किरापरेको त थाहा थियो मान्छेलाई परेको चै पहिलो पटक हो भन्दै जिस्क्यउँथे जवाफमा उनि उन्मुक्त हाँसो सहित एउटा मेरो प्यारो साथिलाई सोधेको नाम्लेको औषधी हाल्देन भन्यो हाल्देको भोलिपल्टै च्वाट भयो ।
उनलाई समाजले पागल करार गरेको छ । उनको वोलिलाई हाँसोमा उडाउने गरेको छ । रघुवर जहाँ छन् उनि हाम्रा निम्ती हाँसोको पात्र वनेका छन् । होला रघुवरले मानसिक सन्तुलन गुमाएको पनि हुन सक्छ नहुन पनि सक्छ । एक गिलास ठर्रोका निम्ती आफ्नो यात्रालाई निरंतरता दिई रहेको आरोप पनि लगाईएको हुन सक्छ तर उनि भित्रको चारित्रिक भिन्नताले एउटा सन्देश दिएको छ । त्यो भनेको सुचना हो । अझ राजनीतिक नेतालाई त झन ठुलो सन्देश हुन्छ । उनको विषय वस्तु प्रतिको ज्ञान । हाम्रो समाजमा आफुलाई नेताको रुपमा उभ्याएुर दिन भर वजारमा हिँड्ने सभा, गोष्ठ, कार्यक्रम र वैठकमा उपस्थिती जनाउने तर एउटा डाएरीमा त्यसलाई नोट नगर्ने, कार्यकर्ताको आवस्यकता एकालितर छ अर्को तिर काम गर्ने । कुनै विषय वस्तुको वारेमा जानकारी छैन तर त्यसलाई मै वुझ्रुक छु भन्ने तर तमासा वनि सक्दा पनि पछाडी नर्फकने । कुनै कार्यक्रमलाई प्रथमिकता नदिने । विषय वस्तु प्रति कहिल्यै जानकारी नराख्ने । सामाजिक मुद्धा केहो यसको उठान कसरी भएको छ त्यसको समाधानका लागि के गर्ने भन्ने सम्मको ज्ञान नहुँदा पनि आफुलाई नेता वताउन पछी नपर्नेहरुका निम्ती भने रघुवर उदाहरणिय पात्र हुन् जस्ले हरेक घट्नालाई राम्रो संग अध्यायन गर्छन । अनि समाधान सहित वताउँछन् । हरेक विषय वस्तुको गहिरो गरि अध्यायन गर्छन अनि मात्र कसैको अगाडी प्रस्तुत गर्छन । भलै कसैले सुनोस वा नसुनोस् उनलाई त्यो मतलव छैन । हो रघुवरको हाँसोमा विन्दास पन छ, उन्मुक्त लाग्छ तर कसैले उनमाथी अन्याए ग¥यो त्यसको विपरित उनले डटेर सामाना गर्न सक्ने सामथ्र्य गुमाए र आजको रघुवर भए ।
।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !