महोत्तरीमा कक्षा ११ को परिक्षा दिंदै गर्दा नक्कली प्रहरी नायव निरीक्षक पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/05/s_8750.html
महोत्तरी,जेठ ७ । उच्च शिक्षा परिषद अन्र्तगत जारी कक्षा ११ को परिक्षामा प्रहरी नायव निरीक्षक जवाहर प्रसाद यादवको स्थानमा परीक्षा दिंदै गरेका नक्कली परिक्षार्थी कारवाहिमा परेका छन् । महोत्तरीको एसकुमार वलवा उमावि परीक्षा केन्द्रबाट प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंलले प्रहरी नायव निरीक्षक जवाहरप्रसाद यादवको स्थानमा परीक्षा दिंदै गरेका रामगोपालपुर ९ का २१ वर्षीय अमृतकुमार यादवलाई पक्राउ गरी कारवाही थालेको छ ।
विशेष सुराकिको अधारमा यादवलाई पक्राउ गरिएको प्रजिअ कडेंलले जानकारी दिनुभयो । रामेछापमा दरबन्दि रहेको प्रहरी नायव निरीक्षक यादव रामगोपाल पुरबाट सरुवा भई हाल सिन्धुलिमा कार्यरत छन् । यादवसंग प्रतिक्रिया लिन खोज्दा आफु कुनै परीक्षामा सामेल नभएको प्रतिक्रिया दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !