कुसुन्डा प्रदेश पनि चाहिन्छ:राजामामा

तनहुँ, जेठ ८। कुसुन्डा जातिका राजामामाले सबै जातजातिले जातीय राज्यको माग गरिरहेको अवस्थामा अल्पससङ्ख्यक कुसुन्डा जातिको पनि छुट्टै प्रदेशको माग गर्नुभएको छ ।  व्यासनगरपालिका–५ डिहीगाउँमा बस्दै आउनुभएका ७० वर्षीय राजामामाले सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो–नेपालका विभिन्न क्षेत्रमा गरी करिब १४÷१५ जनाको सङ्ख्यामा कुसुन्डा जाति छन्, अल्पसङ्ख्या भनेर ओझेलमा पार्न पाइँदैन ।’  लोपोन्मुख बन्दै गएका कुसुन्डा जातिको संरक्षण र संवद्र्धन गर्न राज्यको दायित्व रहेकाले अब बन्ने संविधानमा कुसुन्डा जातिका हक, अधिकार स्पष्ट रूपमा लेखिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उक्त स्थानमा एक रोपनी जग्गा किनेर केही वर्षअघि राजामामालाई घर बनाइदिएको छ । उनका साथमा पत्नी र चार वर्षीया छोरी छन् । व्यासनगरपालिका कार्यालयले तीनैजनालाई मासिक रु ५०० का दरले भत्ता दिँदै आएको छ । 

Related

विविध 7804119904987773211

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item