चुराले रोमान्समा बाधा
http://sindhulidarpan.blogspot.com/2012/05/s_9141.html
मुम्बई : बलिउड अभिनेत्री कंगना रनावतको रोमान्समा उनकै हातको चुरा तगारो बनिदिएको छ । प्रसंग हो, छायांकनमा रहेको चलचित्र सुटआउट एट बडालाको । जसमा उनी अभिनेता जोन अब्राहमसँग गरमागरम रोमान्टिक सिन दिने तयारीमा थिइन् ।
त्यस क्रममा हातमा लगाइराखेको चुरा फुटेर उनको नाडीमा घोपियो र त्यहाँबाट भलभली रगत बग्न थाल्यो । त्यसपछि सुटिङै रोकेर उनलाई प्रारम्भिक उपचार गर्नतिर लाग्नुपर्यो । त्यति गर्दा पनि नभएपछि निर्माणसमूहले त्यहीँ चिकित्सकलाई समेत बोलाएको थियो ।
यो सिनका लागि जोन र कंगनाले पहिले पनि निकै रिहर्सल गरेको र वास्तविक सट लिने क्रममा दुर्घटना भएको एजेन्सीले उल्लेख गरेको छ । त्यसपछि कंगनालाई सुनको चुरा पहिर्याएर यो सिन रिसुट गरिएको बताइएको छ । (एजेन्सी)



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !