प्रेसका गाडीमा भएको तोडफोड प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौ,जेठ ७ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आदिवासी जनजातिले गरेको बन्दमा प्रेसका सवारी साधनमा भएको आक्रमणप्रति खेद ब्यक्तगर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलीफोन गरी प्रधानमन्त्रीले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।

 बन्दकोक्रममा भएका सवारी साधनमाथिको आक्रमण र क्षतिको विवरण पठाउन महासङ्घलाई आग्रह गर्दै प्रधानमन्त्रीले राज्यले क्षतीपूर्ती दिने आह्वासन समेत दिनु भएको छ । पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले प्रेस माथि गरिएको धम्की र आक्रमण प्रति खेद ब्यक्त गर्दै सरकारसंग प्रेस र पत्रकार सुरक्षाको ब्यबस्था मिलाउन र क्षतिपूर्ती दिलाउन माग गर्नु भएको छ ।

Related

विविध 1009090145705724722

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item