जनकपुर आन्दोलनको तुक छैन:महतो

http://sindhulidarpan.blogspot.com/2012/05/s_9434.html
जनकपुर,वैशाख २५ ।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले मिथिला राज्यका लागि जनकपुरमा विगत केही दिनदेखि जारी आन्दोलन उद्देश्य विपरित भएको बताउनुभएको छ । मिथिला राज्य सङ्घर्ष समितिले गैर जिम्मेवारी तरिकाले आन्दोलन सञ्चालन गरिरहेको बताउदै उहाँले बन्दीले मिथिला राज्य नपाउने बताउनुभयो । साथै अध्यक्ष महतोले यो आन्दोलनको कुनै तुक नभएको समेत बताउनुभयो ।
आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनकपुर अभिभावकविहीन बन्दै गइरहेको आफूलाई महसुस भएको पनि बताउनुभयो । पार्टीको महाधिवेशन सकिएपछिको पत्रकार सम्मेलन भएकाले अध्यक्ष महतोले पार्टीको विधानमा गरिएको परिमार्जनको बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । यसअघि पार्टी अध्यक्ष रहनुभएका यादव हिजो सकिएको महाधिवेशनबाट फेरि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !