व्यक्तिगत दुश्मनिका कारण हत्या गरेको वयान

अनु खनाल, 
बर्दिबास,वैशाख २५ ।
व्यक्तिगत दुश्मनीका कारण  आफुले स्थानीय सञ्जय शाहलाई अपहरण गरी हत्या गरेको महोत्तरीको सुन्दरपुर पुर्व गाविसका सचिव नवलकिशोर शाहले बताएका छन् । शाहले जिल्लाको सुन्दरपुर १ बस्ने सञ्जय शाहलाई अपहरण गरेपछि कसैले थाह नपाउने भन्दै हत्या गरेको स्वीकारेका छन् । 

सुन्दरपुर गाविसका पुर्व सचिव नवलकिशोरले यही वैशाख २ गते सोहि स्थानका शाहलाई अपहरण गरेका थिए । अपहरणपछि शाहको शव आठ दिनमा दशगजामा भेटिएको थियो ।  प्रहरीले शाहको हत्याको अपहरण गरेको भन्दै पुर्व गाविस सचिव नवल किशोरलाई पक्राउ गरेको थियो । शाहको बयानमा अन्य ६ जनाको नाम आएपनि ६ जना अझै फरार छन् । प्रहरीले भने फरार ६ जनाको खोजी कार्यलाई तिव्र बनाएको बताएको छ ।

Related

विविध 3906973175599754184

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item