जङ्गली च्याउ खाँदा ३ को मृत्यु

पाल्पा,असार १९ । 
जङ्गली च्याउ खाएर विरामी परेका पाल्पाका ३ जनाको उपचारकोक्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पाल्पाको हेक्लाङग गाविस ८ का ११ वर्षका किरण सारु, ५ वर्षका कुशल राना र १३ वर्षका एकबहादुर सारु रहनु भएको छ । किरण र कुशलको विहान र एकबहादुरको केहीबेर अघि उपचार गर्दैगर्दा मत्यु भएको जिल्लाप्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सुर्यवहादुर चन्दले जानकारी दिनुभयो । घरमा अभिभावकहरु भएकोबेला उनीहरुले गएको असार १५ मा जङ्गलबाट च्याउ लिएर खाएका थिए । च्याउ खाएर विरामी परेका ७ वर्षकी सुस्मीता सारु र १० वर्षका नरेश सारुको मिसन अस्पताल तान्सेनमा उपचार भइरहेको छ ।

Related

विविध 4108054917895797090

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item