स्नातकोत्तर तहमा प्रायोगिक बौद्ध दर्शन


काठमाण्डौ,साउन २८ । 

लोटस एकेडेमी कलेजले ‘प्रायोगिक बौद्धदर्शन’ मा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चालु आर्थिक वर्षदेखि प्रायोगिक बौद्ध दर्शनमा कक्षा सञ्चालनको अनुमति दिएपछि कलेजले पाटनको नःटोलमा कक्षा सञ्चालन गरेको हो । थेरवाद, महायान र बज्रयान सम्प्रदायका फरकफरक दर्शन तथा त्यसका विविध आयामलाई सन्तुलित ढङ्गमा अध्यापन गराइने भएको छ । बौद्ध कक्षामा बौद्ध साहित्य, बौद्ध कला, बौद्ध मनोविज्ञान, बौद्ध अर्थशास्त्र, बौद्ध वातावरण, बौद्ध राजनीतिलगायतका विषयमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम सञ्चालन गरिएको छ ।

 त्यसको समयावधि दुई वर्षको रहेको छ । कलेजका प्राध्यापक सुरेन्द्रवीर बज्राचार्यले युरोप, अमेरिकालगायतका महादेशमा सो विषयको अध्ययन तथा अध्यापन हुने गरेकाले त्यसको अध्ययन गर्न चाहने विद्यार्थीको सहजताका लागि अन्तर्राष्ट्रियस्तरको कक्षा स्वदेशमा सञ्चालन गरिएको बताउनुभयो । कुनै पनि विषयमा स्नातक तह उत्तिर्ण विद्यार्थीले यो विषय पढ्न पाउने छन् । अहिले २५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Related

विविध 696600804198520156

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item