धुलिखेल स्थित केयूको डिन कार्यालयमा क्रान्तिकारीको ताला



प्रकाश सुन्दास,काभ्रे,साउन २८ । 

एकीकृत नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले काभ्रेको सदरमुकाम धुलिखेल स्थितमा रहेको काठमाण्डु विद्यालय मातहातको स्कुल अफ मेडिकल साइन्स डिनको कार्यालयमा ताला लगाइदिएका छन् ।  हिजो एमबिबिएसको नयाँ भर्नाका लागि लिइएको प्रवेश परीक्षाको विषयलाई लिएर क्रान्तिकारीहरुले ताला लगाइदिएको बुझिएको छ । हिजोको प्रवेश परीक्षामा  एमबिबिस पढ्नका लागि २ हजार ७ सय जनाले परीक्षा दिएका थिए । 

केयू अन्र्तगत विभिन्न ८ वटा कलेजमा १ हजार १० जना विद्यार्थीले एमबिबिएस पढ्न पाउँछन् । तालाबन्दीका कारण आज हुने भनिएको एमबिबिएसको नतिजा प्रकाशन पनि प्रभावित भएको छ । विद्यार्थीहरुसँग चर्को शुल्क लिएको भन्दै क्रान्तिकारीले बन्द गरेको बताइएको छ । यसैबीच स्रोतका अनुसार स्कुल अफ मेडिकल साइन्स डिनका पदाधिकारी र क्रान्तिकारी बीच ताला खुलाउने विषयमा वार्ता गर्न धुलिखेलबाट टोली काठमाण्डु गएको छ । 

Related

विविध 7964241514335099211

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item