प्रचण्डको अभिव्यक्ति फेरि प्रधानमन्त्री बन्ने चाल :ओली


राजविराज,साउन २८ । 
नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले पाँच बुँदे सहमतिको औचित्य सकिएको भनेर हिजो दिइएको अभिव्यक्ति फेरि प्रधानमन्त्री बन्ने चाल भएको टिप्पणी गर्नुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज बिहान एमालेका अगुवा कार्यकर्ता भेटघाटमा नेता ओलीले काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत नगरेकै कारण डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको आयु लम्बिएको दाबी पनि गर्नुभयो ।
 सहमतीय सरकारको नेतृत्व काँग्रेसले गर्ने भनिए पनि आन्तरिक किचलोका कारण उम्मेदवारी तय गर्न नसकेकाले वर्तमान सरकारले अहिलेसम्म निरन्तरता पाएको नेता ओलीको भनाइ छ । त्यस्तै आजै बिहान प्रेस चौतारी सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा ओलीले पार्टीका असन्तुष्ट जनजाति नेताहरु विदेशीले हावा भरिदिएको बेलुनमा उडिरहेको आरोप लगाउनुभयो । सञ्चारकर्मीले प्रधानमन्त्रीको राजीनामा सन्दर्भमा राखेको जिज्ञासामा उहाँले कामचलाउ भइसकेको प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नभएको वताउनुभयो । 

Related

राष्ट्रिय 1295481525730391201

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item